गोरखा ३०, जेठ । गोरखा जिल्ला भित्र भेटिएका कोरोना संक्रमित सवैका स्वास्थ्य अबस्था स्थिर रहेको जिल्ला अस्पताल गोरखाले जनाएको छ । अस्पतालले शुक्रबार एक बिज्ञप्ती जारी गर्दै आइसोलनमा भर्ना भएका कोभिड १९ का चौधै जना संक्रमितको अबस्था स्थिर रहेको बिशेषज्ञ चिकित्सक डा. सन्तोष बास्तोलाले जारी गर्नुभएको बिज्ञप्तीमा उल्लेख छ ।
गोरखामा यहीँ जेठ २५ गते संक्रमणको पुष्टी भएका १० जना र २८ गते संक्रमणको पुष्टी भएका ४ जनालाई अस्पतालको आइसोलेसन वार्डमा चिकित्सकको निगरानीमा राखिएको छ । संक्रमितहरुमा गोरखाको पालुङटार नगरपालिकाका १ जना, गण्डकी गाउँपालिकाका ९ जना र भीमसेन थापा गाउँपालिका ४ जना रहेका छन् ।
गण्डकी गाउँपालिकामा भेटिएका २० बर्षिय संक्रमित पुरुष भने काभ्रे जिल्ला युवक हुन् । आइसोलेसन वार्डमा भर्ना भएका संक्रमितहरुको शारिरिक तन्दुरुस्तीका लागि दैनिक जसो वार्ड भित्रै नाँचगान समेत गर्ने गरेका छन् ।