Nagarik Sawal

२०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

शहिद लखन गाउँपालिकामा भारतबाट आएका ३६ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन


3.6K
Shares

शहिद लखन गाउँपालिकामा भारतबाट आएका ३६ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन

गोरखा २८, जेठ । गोरखाको शहिद लखन गाउँपालिका भित्र बिभिन्न क्वारेन्टाइनमा रहेका ३६ जनाको आज (बुधबार) स्वाब संकलन गरिएको छ । भारतबाट आएर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका उनिहरुकोे कोरोना परीक्षणका लागि स्वाब संकलन गरि पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आले मगरले जानकारी दिनुभयो ।

बुधबार बुङकोटको क्वारेन्टाइनमा रहेका १२ जना, घैरुङ स्थित क्वारेन्टाइनमा रहेका १२ जना, मनकामना स्थित क्वारेन्टाइनमा रहेका ५ जना र ताक्लुङ स्थित क्वारेन्टाइनमा रहेका ७ जनाको स्वाब संकलन गरिएको हो ।

त्यस्तै गाउँपालिका भित्र होम क्वारेन्टाइनमा रहेका ४ जनाको पनि आजै आरडिटी बिधिबाट कोरोना परीक्षण गरिएकोमा चारै जनाको रिर्पोट नेगेटिभ आएको उहाँले जानकारी दिनुभयो । अहिले गाउँपालिका भित्र ४२ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology