Nagarik Sawal

२०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

गोेरखामा आजदेखि लकडाउन खुकुलो :होटल, रेष्टुरेन्ट मादक पर्दाथ बिक्रि गर्ने पसल बाहेक खुल्ला


1.4K
Shares

गोेरखामा आजदेखि लकडाउन खुकुलो :होटल, रेष्टुरेन्ट मादक पर्दाथ बिक्रि गर्ने पसल बाहेक खुल्ला

गोरखा २७, जेठ । गोरखामा आजदेखि होटल., लज, रेष्टुरेन्ट, मादकपदार्थ बिक्रि गर्ने पसलहरु बाहेकका अन्य सवै व्यवसाय सञ्चालन गर्न दिइने भएको छ । जिल्ला प्रसासन कार्यालय गोरखाको आयोजनामा सोमबार बसेको सर्व पक्षिय बैठकले अत्याबश्यकीय सामग्रीको अभावले जनजिवन अति प्रभावित भइरहेको भन्ने गुनासो आएको भन्दै स्वास्थ्य र सुरक्षा मापदण्डलाई ख्याल गर्दै भौतिक दुरी कायम गरी उपभोक्तहरुलाई सामान बिक्रि बितरण लागि खुल्ला गर्ने निर्णय गरेको हो ।

बन्दाबन्दीको बर्खिलाप नहुने गरी आवश्यकीय सामग्रीका पसल व्यवसायिक संघ संस्थासंग समन्वय गरि खुल्ला गर्ने निर्णय भएको प्रशासकिय अधिकृत हर्कबहादुर रोकाले जानकरी दिनुभयो । बैठकले भारत लगायत अन्य देशबाट आइ आफ्नो खर्चमा होटल क्वारेन्टाइन कोरोेना परीक्षण पोजेटिभ देखिएपनि लक्षण नदेखिएकाहरु होटेल आइसोलेशनमा बस्न पाउने निर्णय भएको उहाँको भनाई छ ।

त्यसका लागि सम्बन्धित व्यक्तिले उद्योग बाणिज्य संघ, चेम्वर अफ कमर्स, होटल संघसंगको समेत समन्वयमा सम्बन्धित स्थानीय तहले निर्धारण गरेको रकम भुक्तानी गरी स्वास्थ्य र सुरक्षाका मापदण्ड तथा स्वास्थ्यक्रर्मीको निगरानीमा रहनुपर्ने व्यवस्था गरिएको छ ।

बैठकले जिल्ला भित्र कोरोना संक्रमणको कारणबाट कोहि कसैको निधन हुन गएमा शव सद्गत गर्ने उपयुक्त स्थानको छनौट सम्बन्धित पालिकाले गर्ने र शव व्यवस्थापनको कार्य स्थानिय प्रशासनको समन्वयमा नेपाली सेनाले गर्ने गराउने निर्णय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology