गोरखा २६, जेठ । गोरखा प्रहरीको हिरासतमा रहेका कोरोना संक्रमित युवाको सम्र्पकमा आएका व्यक्ति र उनको परिवारका सदस्यहरुको कोरोना परीक्षणका लागि सोमाबर स्वाब संकलन गरिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराबाट खटिएको प्राबिधिक सहितको टोलीले संक्रमित युवकको साथीहरु र उनको परिवारका गरि ९ जनाको स्वाब संकलन गरेको निर्देशनालयले जनाएको छ ।
पालुङटार नगरपालिका–७ च्याङ्ली घर भएका युवकमा कोरोना संक्रमण भएको शनिबार पुष्टी भएपछि कन्ट्रयाक ट्रेसिङका लागि स्वास्थ्यकर्मीहरुको एक टोली च्याङली क्षेत्रमा पुगेका थियो । स्थानीय बिधालयमा अध्यनरत बिधार्थीमै संक्रमण भेटिएपछि संक्रमणको स्रोत पत्ता लगाउने उद्वेश्यका साथ निर्देशनालयले स्वास्थ्यकर्मीहरुको टोली हिजो च्याङ्ली आईपुगेको थियो ।
जीवन ज्वोती माध्यामिक बिधालयको क्वारेन्टाइनमा रहेका ३० जना, अकला मा.विको क्वारेन्टाइनमा रहेका ३ जनको पनि सोमबार नै स्वाब संकलन गरेको स्वाब संकलनमा खटिएका स्वास्थ्यकर्मी नानीबाबु दानीले जानकारी दिनुभयो । त्यस्तै आजै युवकलाई पक्राउ गर्ने र पक्राउ पछि जिल्ला प्रहरी कार्यालय गोरखासम्म ल्याउने १० प्रहरीको पनि निर्देशनालयको टोलीले स्वाब संकलन गरेको छ ।
प्रहरीको हिरासतमा रहेका युवालाई भने अहिले गोरखा अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । युवकको सम्र्पकमा भएको जिल्ला प्रहरी कार्यालय गोरखाका २८ जना प्रहरी र कर्मचारीको भने हिजोनै स्वाब संकलन गरि परीक्षणका लागि पठाई सकिएको छ ।