गोरखा २५, जेठ- जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा रहेका कोरोना संक्रमित युवकलाई आइसोलेसन वार्डमा पठाइको छ । गोरखामा कोरोना संक्रणमको पुष्टी भएपछि पालुङटार नगरपालिका–७ का १७ बर्षिय युवकलाई आइतबार गोरखा अस्पतालको आइसोलेसन कक्षमा पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेको ति युवकलाई पक्राउ १० गते गोरखा ल्याइएको हो । उनि माथि आफ्नै कक्षाकी बालिका माथि बलत्कार गरेको आरोप लागेको छ । इलाका प्रहरी कार्यालय पालुङटारले पक्राउ गरि युवकलाई जिल्ला प्रहरी कार्यालय गोरखा पठाइएको थियो ।
उनी जीवनज्योति मावि च्याङ्लीमा कक्षा ९ मा पढ्ने विद्यार्थी रहेको प्रहरीले जनाएको छ । स्थानीय क्वारेण्टाइनमा रहेकामा कोरोना पुष्टि नहुदै समुदायमा रहेका उनी कसरी संक्रमित भए भन्ने बारे चौतर्फी प्रश्न उठेको छ ।