गोरखा २२, जेठ । गोरखाको पालुङटार स्थित एनसेल टावरमा आगजनी गरेको आरोपमा गोरखा प्रहरीको नियन्त्रणमा रहनु भएकी सरकारद्धारा प्रतिबन्धित नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी पोलिटव्युरो सदस्य उमा भुजेललाई प्रहरीले पुनः पक्राउ गरेको जिल्ला छ ।
जिल्ला अदातल गोरखाले ५ रुपैया धरौटीमा रिहा गर्न आदेश दिएपनि प्रहरीले पक्राउ पुर्जी सहित अदातल परिषरबाटै उहाँलाई पुनः पक्राउ गरिएको हो । ललितपुर प्रहरी कार्यालयमा अर्को मुद्धा रहेको भन्दै पक्राउ गरेको हो । जिल्ला अदालतमा बुधबार भएको बयानपछि अदालतले भुजेललाई बिहिबार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उहाँ माथि शान्ति बिरुद्धको कसुरमा जिल्ला अदातलमा गोरखा प्रहरीले मुद्धा दायर गरेको थियो । गएको पुस १२ गते सुनसरी जिल्लामा पक्राउ पर्नुभएकी नेतृ भुजेललाई बिभिन्न बाहानामा प्रहरीले नियन्त्रणमा राख्दै आएको छ । एउटा जिल्लामा अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले भने अन्य जिल्लामा अनेक बाहानाको मुद्धा लगाएर नियन्त्रणमा राख्दै जिल्ला सरुवा गर्दै आएको छ ।
सरकारद्धारा प्रतिबन्धित नेत्र बिक्रम चन्द बिप्लव समुहका आबद्ध नेतृ भुजेललाई कैलालीबाट मंगलबार गोरखा ल्याइएको थियो ।