गोरखा १८, जेठ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले क्वारेन्टिनमा रहेका व्यक्तिहरुको शारिरिक र मानसिक तन्दुरुस्तीका लागि योगा र पिटी प्रशिक्षण सुरु गरेको छ । गाउँपालिकाले पालिका भित्र क्वारेन्टिनमा बस्दै आएका आफ्ना नागरिकहरुको स्वास्थ्य सुरक्षाको ख्याल गर्दै शारिरिक र मानसिक स्पmूर्ति बढाउन योगा प्रशिक्षण दिन सुरु गरिएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।
‘क्वारेन्टीनमा रहदा व्यक्तिमा अनेक खालका नकारात्मक सोचाई समेत आउनसक्ने र कतिपयमा मानसिक एवं शारिरिक समस्या समेत देखा पर्न सक्ने भएकाहरुले उनिहरुको शारिरिक तन्दुरुस्तीका लागि योगा सिकाउन थालिएको हो, उहाँले भन्नुभयो, ‘योगा र पिटीको सिकाईबाट व्यक्तिमा शारिरिक तथा मानसिक क्षमता दुबै अभिबृद्धि हुने मात्र नभई रोग प्रतिरोधात्मक शारिरिक क्षमताको बिकासमा पनि लागि सहयोग पुग्छ हेतुले प्रशिक्षण सञ्चालन गरिएको हो ।’
गाउँपालिकाले वडा नम्बर ४ को सौरपानीमा रहेको हिमालय माध्यामिक बिधालयको क्वारेन्टिनमा रहेकाहरुलाई योगा सिकाउन सुरु गरेको अध्यक्ष भट्टले बताउनुभयो । ‘अहिलेलाई सौरपानीको क्वारेन्टिन बसेकाहरुलाई योगा सिकाउन थालिएको छ, उहाँले भन्नुभयो, अब बिस्तारै पालिका भित्र क्वारेन्टिनमा रहेका सवैलाई सिकाउने गरि योजना बनाइएको छ ।’ बिहान र बेलुकीको समय मिलाएर सामाजिक दुरी काय गरि प्रशिक्षण सञ्चालन गरिएको उहाँको भनाई छ । केहि काम नगरि एकै ठाउँमा १४ दिनसम्म रहदा व्यक्तिमा मानसिक रुपमा मात्र नभएर शारिरिक रुपमा समेत स्वास्थ्य समस्या आउनसक्ने भएकाले योगा सिकाउन सुरु गरिएको अध्यक्ष भट्टको बताउनुभयो ।
‘एक ठाउँमा बस्दा समय बिताउन पनि समस्या हुने, शारिरिक अभ्यास नहुदा स्वास्थ्यमा पनि समस्या हुनसक्ने हुदा यो नै उपयुक्त बिकल्प ठान्यौं, उहाँले भन्नुभयो, ‘उनिहरुमा अहिलेको समयमा रोग भन्दा पनि मानसिक चिन्ता बढि हुनसक्ने भएकाले त्यसलाई हटाउन योगा महत्वपूर्ण हुने सोचेर सिकाउन थालिएको हो ।’ मानसिक तथा शारिरीक स्वास्थ्यका लागि योगा र पिटी आवश्यक रहेकोले क्वारेन्टिनको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई परिचालन गरि प्रशिक्षण सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष भट्टको भनाई छ । कोरोनका भाइरस (कोभिड १९) को संक्रमणको रोकथाम र न्युनिकरणका लागि गाउँपालिकाले जिल्ला बाहिरबाट आएकाहरुलाई अहिले कम्तीमा १४ दिन सामुहिक क्वारेन्टिनमा कोरोना परिक्षण पछि मात्र घर पठाउने गरेको उहाँले बताउनुभयो ।
घरमा पठाउदा समेत कम्ती ७ दिन सेल्फ क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गाउँपालिकाले गर्दै आएको छ । भारतबाट अलपत्र नागरिकहरुको उद्धार गर्न सुरु गरेसंगै पालिका भित्र एकहप्ताकै अबधीमा २५ जना गाउँपालिका फर्किसकेकका छन् । उनिहरु सवैलाई खानाखाजाको सुबिधा सहित गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा राखिएको छ । गाउँपालिकाले थप नागरिकहरु पािलका फर्कन सक्ने भएकाले त्यसको तयारी समेत गरिरहेको अध्यक्ष भट्टले जानकारी दिनुभयो ।