Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

नेपालसँग पारिवारिक सम्बन्ध छ, छलफलबाट सीमा विवाद टुंग्याउछौं : भारतीय रक्षामन्त्री


3.5K
Shares

नेपालसँग पारिवारिक सम्बन्ध छ, छलफलबाट सीमा विवाद टुंग्याउछौं : भारतीय रक्षामन्त्री

काठमाण्डौं १७, जेठ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल भारतबीच उत्पन्न सीमा विवाद कुटनीतिक छलफलमार्फत समाधान गर्ने बताउनु भएको छ ।
नरेन्द्र मोदी सरकारको दोस्रो कार्याकालको दुई वर्ष पूरा भएको उपलक्ष्यमा आजतकसँगको अन्तर्वार्तामा विविध विषयमा चर्चा गर्दै सिंहले नेपालसँगको सम्बन्धबारे आफ्नो धारणा व्यक्त गर्नुभएको हो ।

आजतकसँगको अन्तर्वार्तामा सिंहले नेपाल भारतबीच लिपुलेकलाई लिएर समस्या भएको उल्लेख गर्दै भन्नुभयो ‘ छलफलको माध्यमबाट हामी यो समस्या समाधान गर्छौं।’ नेपाल र भारतबीच पारिवारिक सम्बन्ध रहेको जनाउँदै सिंहले आपसी सहमतिमा सीमामा देखिएको विषय टुंगो लगाउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology