गोरखा १७, जेठ । लकडाउनका कारण तनहुँको आबुँखैरेनी गाउँपालिका–३ स्थित ऐना पहराको ओडारमा बस्दै आएका गोरखा आरुघाटका चेपाङ परिवारको शनिबार आज उद्धार गरिएको छ । गोरखा प्रवेश गर्र्न नपाएर ऐना पार्कको ओढारमा बस्दै आएका सरिता चेपाङ परिबारको उद्धार गरि घर पठाइएको हो । उनिहरुको उद्धारका लािग आरुपोखरी निवासी पर्यटन व्यवसायी प्रेम खत्री तथा गोरखा बजारका समाजसेवी कल्पना श्रेष्ठले सहयोग गरेका थिए ।
उनीहरुलाई एम्बुलेन्स चढाएर आरुघाट ८ आरुपोखरीस्थित उनीहरुकै घर पठाइएको हो । चेपाङ परिवारलाई एम्बुलेन्सको व्यवस्था गरी खाद्यान्न, त्रिपाल, लत्ताकपडा र घरखर्चका लागि केही नगदसमेत सहयोग गरि घर पठाइएको छ । लकडाउनका कारण दमौलीबाट घर फर्कदै गरेका उहाँको परिबार खैरेनीस्थित चेकपोष्टबाट गोरखा प्रवेश गर्न नदिइएपछि ऐनापहराभित्रको ओढारमा बस्दै आएका थिए ।
ज्याला मजदुरी गरि जिविकोपार्जन गर्दै आएका चेपाङ परिवारले काम लकडाउनका कारण काम पाउन छोडेपछि हिड्दै आँबुखैरेनीसम्म आइपुगे पनि सुरक्षाकर्मीले गोरखा प्रवेश गर्न नदिइएपछि अलपत्र परेका थिए ।