Nagarik Sawal

२०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

गोरखा नगरपालिका भित्रका ९ कक्षासम्मको परीक्षाको नजिता सार्वजनिक


5.5K
Shares

गोरखा नगरपालिका भित्रका ९ कक्षासम्मको परीक्षाको नजिता सार्वजनिक

गोरखा १६, जेठ । गोरखा नगरपालिकाले गत शैक्षिक सत्रमा लिइएको बाल कक्षादेखि कक्षा ९ सम्मको परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरिएको छ । नगरक्षेत्रमा रहेका सामुदायिक तथा नीजि विद्यालयले आज एकै दिन नतिजा सार्वजानिक गरेका हुन् । यस बर्ष गोरखा नगरपालिका क्षेत्रभित्र २ हजार २ सय १८ जना विद्यार्थी पालिका स्तरीय परीक्षामा सहभागी भएका थिए ।

जसमा १ हजार १ सय ४७ जना विधार्थी कक्षा ८ मा र १ हजार ७१ विद्यार्थाीले कक्षा ५ को परिक्षा दिएको गोरखा नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाले जनाएको छ । सामुदायिक र नीजि गरी कक्षा ८ मा ३१ विद्यालयबाट १ हजार १ सय ४७ विद्यार्थी सहभागी हुदा ३ दशमलव ६ देखि माथी ६६ जनाले अंक प्राप्त गर्न सफल भएका छन् ।

त्यस्तै ३ दशमलव २ देखि ३ दशमलव ६ सम्म २१३ जना, २ दशमलव ८ देखि ३ दशमलव २ सम्म ३ सय ५ जना विद्यार्थी रहेको शिक्षा तथा खेलकुद शाखाका प्रमुख बाबुराम बरालले जानकारी दिनुभयो । त्यस्तै २ दशमलव ४ देखि २ दशमलव ८ सम्म ३१० जना, २ देखि २ दशमलव ४ सम्म २ सय ८ जना, १ दशमलव ६ देखि २ सम्मको अंक प्राप्त गर्नेमा ३७ जना र सो भन्दा तल अंक प्राप्त गर्ने ८ जना रहेको नगरपालिकाले जनाएको छ ।

त्यस्तै पालिका स्तरकै ५ कक्षामा ३३ सामुदायिक र १५ नीजि गरी ४८ विद्यालयबाट १ हजार ७१ विद्याार्थी परिक्षामा सहभागी थिए । जसमध्ये करिब ९० प्रतिशत विद्यार्थी उत्तिर्ण भएको नगरपालिकाले जनाएको छ ।
‘

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology