गोरखा १२, जेठ । काठमाडौंको सोह्रखुट्टेका आइतबार कोरोना संक्रमणको पुष्टी भएका एक पुरूष गोरखा आएर फर्किएको पाइएको छ । काठमाडौं महानगरपालिका– १६ का ति पुरुष दुबईबाट नेपाल फर्किएपछि गोरखा आएर चितवन हुदै काठमाण्डौ फर्किएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनको कन्ट्रयाक्ट ड्रेसिङका क्रममा सो पुष्टी भएको जनाइएको हो । काठमाण्डौ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालका अनुसार उनि केही महिना अघि दुबईबाट नेपाल आएका हुन् । संक्रमित पुरुषको अहिले टेकु स्थित आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।