तनहुँ ११, जेठ । तनहुँमा करेन्ट लागेर आज एक महिलोका मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीमा घाँस काट्ने क्रममा बिहान करेन्ट लागेर भोजपुर जिल्ला घर भएकी ५४ वर्षीया सीता राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
स्थानीयबासी कृष्ण रानाभाटका घरमा डेरा गरी बस्दै आउनु भएककी राई रुखमा चढी घाँस काट्ने क्रममा रुखको हाँगाले हाइटेनसन तारमा छुन जाँदा करेण्ट लागी सख्त घाइते हुनु भएको थियो ।