Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

इरान र अमेरिकालाई शान्तिका लागि संयुक्त राष्ट्रसंघको अपिल


3.9K
Shares

इरान र अमेरिकालाई शान्तिका लागि संयुक्त राष्ट्रसंघको अपिल

एजेन्सी २४, पुस । संयुक्त राष्ट्रसंघले इरान र अमेरिकासँग शान्तिका लागि अपिल गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एंटोनियो गुतेरेसले बिहीबार एक विज्ञप्ति जारी गर्दै दुवै देशसँग आक्रामकतालाई त्यागेर शान्ति कायम गर्न आह्वान गर्नुभएको छ । उहाँले अब युद्धलाई विश्वले धान्न नसक्ने पनि बताउनु भएको छ।

गुतेरेसले विज्ञप्तिमा उल्लेख भन्नुभएको छ, ‘अमेरिका र इरानले यस क्षेत्रमा शान्ति कायम गर्न कदम अघि बढाउनुपर्छ । शान्तिबाट नै गल्फ क्षेत्रमा सबै कुरा ठीक हुनेछ । गुतेरेसले विज्ञप्तिमा कम आक्रामकता, शान्तिका लागि अपिल, वार्ता र एकअर्का देशसँग सम्बन्ध बढाउने कदम चाल्नुपर्ने भनी चार बुँदालाई केन्द्रित गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology