गोरखा १०, जेठ । कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि गोरखाको अजिरकोट गाउँपालिकालाई स्वस्थ्य सामग्री प्रदान गरिएको छ । नमस्ते किड्स नेपाल नामक गैह्रसरकारी संस्थाले गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको हो ।
संस्थाले ३० थान पिपिई, २ सय थान सर्जिकल मास्क, ८ लिटर स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री प्रदान गरेको जनाएको छ । संस्थाले गाउँपालिका अध्यक्ष फणिन्द्र धिताल र गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख सुरेस दुुवाडीलाई सामग्री हस्तान्तरण गरेको हो ।
उक्त संस्थाले बिपन्न, अनाथ र असाहाय बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ ।