Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

कोरोना जोखिम कम गर्न ट्रम्पले सिफारिस गरेको मलेरियाको औषधीले मृत्युको जोखिम बढ्ने


3K
Shares

कोरोना जोखिम कम गर्न ट्रम्पले सिफारिस गरेको मलेरियाको औषधीले मृत्युको जोखिम बढ्ने

एजेन्सी १०, जेठ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाको जोखिम कम गर्न भन्दै सिफारिस गरेको मलेरियाको औषधिले मृत्युको जोखिम बढाउने एक अनुसन्धानले देखाएको छ । विज्ञान अनुसन्धान पत्रिका लान्सेटले गरेको अध्ययन अनुसार हाइड्रोक्सी क्लोरो क्विन नामक औषधि खाँदा कोरोना सङ्क्रमितलाई उल्टै मृत्युको जोखिम बढाउने तथ्य पत्ता लागेको हो ।

चिकित्सकले यो औषधि नखान चेतावनी दिए पनि कोरोनाको जोखिम नियन्त्रणमा हाइड्रोक्सी क्लोरो क्विन उपयोगी हुने दाबी गर्दै ट्रम्पले आफैले औषधि खाइरहेको खुलासा गर्नुभएको थियो । बैज्ञानिकहरुका अनुसार हाइड्रोक्सी क्लोरो क्विन औषधि मलेरियाका बिरामीका लागि उपयोगी छ भने लुपुसका केही समस्यामा पनि लाभदायक रहेको छ । तर कोरोना सङ्क्रमितका लागि यो औषधिले फाइदा पु¥याउने कुनै अनुसन्धानले देखाएको छैन ।

लान्सेट जर्नलमा प्रकाशित प्रतिवेदनमा कोरोना सङ्क्रमितलाई मलेरियाको औषधिबाट फाइदा नभएको बरु यसले उल्टो मृत्युको जोखिम बढाउने पाइएको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology