Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

भारतलाई चिढ्याउने सरकारको नीति ठीक छैन : डा. भट्टराई


2.2K
Shares

भारतलाई चिढ्याउने सरकारको नीति ठीक छैन : डा. भट्टराई

काठमाडौं, ८ जेठ । भारतले नेपालको सिमामाथि अतिक्रमण गरेपछि दुई देशबिच सिमा बिबाद चर्किदै गएका बेला पूर्वप्रधानमन्त्री एवंम जनता समाजवादीका नेता डा बाबुराम भट्टराईले भारतलाई चिढ्याउने सरकारको नीति ठीक नभएको बताउनु भएको छ ।

बुधवार नेपाल उद्योग परिसंघले आयोजना गरेको छलफल कार्यक्रममा पूर्वअर्थमन्त्री समेत रहेको भट्टराईले नेपालले भारतसँगको सम्बन्ध राम्रो बनाए लगानी समेत भित्रन सक्ने भन्दै नेपालको अर्थतन्त्र सुधार्न भारतसँग सम्बन्ध सुमधुर बनाउनुपर्ने बताउनु भयो ।

भारत इकोनोमी पावर हाउस बन्दै गएको तर्फ इंगित गर्दै भट्टराईले अब सरकारले चूनौती वा अवसर केको रुपमा सोच्ने हो त्यो सोचिहाल्नुपर्ने बेला आएको बताउनुभयो ।

अहिले नेपाल न्यारोनिजमतिर जान खोजेको बताउँदै उहाँले देशको जटिल भूराजनीति र प्रचुर सम्भावना भए पनि साँघुरो र संकीर्ण चिन्ताले तत्काल समस्या समाधान खोज्न नसकिने दावी पनि गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology