गोरखा ३०, बैशाख । नेपालको भूमि प्रयोग गरी भारतले सडक निर्माण गरेको बिरोधमा नेपाल बिधार्थी संघ गोरखा नगरपालिका र तरुण दलले आज सदरमुकाममा राँके जुलुस सहित पुत्ला दहन गरेको छ ।
नेपाली काग्रेसको भातृसंगठन नेबिसंघ र तरुण दलले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपती सि जिङ पिङको पुत्ला दहन गरेका हुन् ।
उनिहरुले भारतले तत्काल नेपालको भूमि फिर्ता गर्नुपर्ने भन्दै राँके जुलुस सहित प्रर्दशन गरेका हुन् । राँके जुलुसपछि आयोजित कोणसभामा ने बि संघ गोरखाका अध्यक्ष सुबास अधिकारीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।