Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

विवाह नगरी आमा बनेकी अभिनेत्री सुस्मिता


2.7K
Shares

विवाह नगरी आमा बनेकी अभिनेत्री सुस्मिता

एजेन्सी २८, बैशाख । बलिउड अभिनेत्री सुस्मिता सेनले आमा हुनका लागि विवाह गर्न आवश्यक नभएको बताएकी छन् । सन्तान जन्माउँदैमा आमा भइन्छ भन्ने मान्यतामा आफू नभएको पनि यी अभिनेत्रीले बताएकी छन् ।

भारतमा मे महिनाको दोस्रो आइतबारलाई आमाको मुख हेर्ने दिवस ९मदर्स डे०का रूपमा मनाउने गरिन्छ । यही अवसरमा यी अभिनेत्रले यस्तो भनाइ व्यक्त गरेकी हुन् ।

एक समयकी ब्रह्माण्ड सुन्दरी सुस्मिता सेनले अझै विवाह गरेकी छैनन् । तर, उनी दुई छोरीकी आमाकी रूपमा परिचित छिन् । उनले दुवै छोरीलाई धर्मपुत्रीको रूपमा ग्रहण गरेकी हुन् । यी दुई छोरीका कारण आफूले विवाह गरेर बच्चा पाएपछि मात्र आमा बनिन्छ भन्ने अवधारणा त्यागेको सुस्मिाताको कथन छ ।

अभिनेत्री सुस्मिताले आफू २५ वर्षकी हुँदा सन २०१० मा धर्मपुत्रीको रूपमा छोरी रेनेलाई ग्रहण गरेकी थिइन् । त्यसको १० वर्षपछि फेरि उनले दोस्रो धर्मपुत्री अलिशालाई ग्रहण गरिन् । यसरी विवाह नै नगरी उनी दुई छोरीको आमाकी रूपमा परिचित छिन् । अहिले उनीहरू नै आफ्नो सहारा भएको र उनीहरूलाई जीवनमा अप्ठेरो नपरोस् भनेरै आफूले विवाह नगरेको पनि यी अभिनेत्रीको कथन छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology