Nagarik Sawal

२०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

तिहारमा ठूलो आवाज निकाल्ने २५ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा


14
Shares

तिहारमा ठूलो आवाज निकाल्ने २५ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

 

काठमाडौं, २३ कात्तिक । तिहारको समयमा ठूलो आवाज निकाल्ने २५ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तिहार पर्वका समयमा सर्वसाधारण नागरिकलाई सुरक्षित र शान्त वातावरणमा आवागमन गर्ने व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले चेकजाँच तथा निगरानीलाई तीव्रता दिएको थियो ।

सोही क्रममा आइतबार काठमाडौंका विभिन्न स्थानमा खटिएको प्रहरी टोलीले सवारीसाधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने २५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका मोटरसाइकलमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology