Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

राष्ट्र बैंकले भोलि र पर्सि सुनका सिक्का बेच्ने


56
Shares

राष्ट्र बैंकले भोलि र पर्सि सुनका सिक्का बेच्ने

काठमाडौ, १८ कार्तिक । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै भोलिदेखि सुनका असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्ने भएको छ ।

बैंकको टक्सार महाशाखाले एक सूचना जारी गर्दै कात्तिक १९ र २० गते दुई दिन सुनका असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्न लागिएको जनाएको छ । राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति २.५ ग्रामको एक थान सुनको असर्फी र १० ग्रामका लक्ष्मी तथा गणेश अंकित चाँदीका मेडालियन बढीमा दुई थानका दरले बिक्री गरिनेछ ।

यी सिक्का बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिक्री गरिने बैंकले जनाएको छ । सुनका असर्फी तथा चाँदीका मेडालियन खरिद गर्न नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा उक्त कागजातको नम्बर उल्लेख भएको अन्य कुनै प्रमाणपत्रको प्रतिलिपिसहित खरिदकर्ता स्वयं उपस्थित हुनुपर्नेछ ।

राष्ट्र बैंकका अनुसार असर्फी तथा मेडालियनको भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिनेछ । बिक्री मूल्य भने दैनिक रुपमा बिहान करिब ११ बजेपछि निर्धारण गरिने भएकाले मूल्य निर्धारणपछि मात्रै खरिद–बिक्री प्रक्रिया सुरु हुनेछ ।

बैंकले मौज्दात कायम रहेसम्म मात्रै असर्फी तथा मेडालियन बिक्री गर्ने जनाएको छ । तिहारमा धनतेरस तथा लक्ष्मीपूजाका अवसरमा सुनचाँदीका सिक्का खरिद गर्ने परम्परालाई लक्षित गरी राष्ट्र बैंकले हरेक वर्ष यस्ता सिक्का बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology