काठमाडौं, १६ कार्तिक । नेपाल प्रिमियर लिग९एनपीएल०को तेस्रो संस्करणको ११ औं खेलमा चितवन राइनोजविरुद्ध सुदूरपश्चिम रोयल्सले टस जितेर बलिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरीले टस जितेर चितवनलाई ब्याटिङको निम्तो दिएका हुन् ।
चितवनको यो तेस्रो खेल हो भने सुदूरपश्चिम रोयल्सको यो चौथो खेल हो। चितवनले पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ८ रनको जित दर्ता गरेको थियो। दोस्रो खेल भने यो टोलीले वर्षाको कारण लुम्बिनी लायन्ससँग अंक बाँडेको थियो ।
सुदूरपश्चिमले पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो। तेस्रो खेलमा विराटनगरसँग ३५ रनको हार बेहोरेको थियो । आजको पहिलो खेलमा काठमाडौंले कर्णाली याक्सविरुद्ध ४ विकेटको जित दर्ता गरेको थियो।