Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

सङ्गठित अपराधको कसुरमा गोरखाका एक युवक पक्राउ


728
Shares

सङ्गठित अपराधको कसुरमा गोरखाका एक युवक पक्राउ

काठमाडौँ २८ असोज  : प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा गोरखाका एक युवकसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने गोरखाको गोरखा नगरपालिका वडा नं ३ का प्रविण तिवारी रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै कागेश्वरी मनोहरा नगरपालिका–१ का कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का रवीन्द्र केसी, र सर्लाहीको मलङ्गवा नगरपालिका–४ का रामपुकार तिवारीलाई पनि खड्का संगै प्रहरीले पक्राउ गरेको जनाएको छ ।

रोजगारीमा मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा सरकारले निर्धारण गरेको स्वास्थ्य परीक्षण शुल्कबाहेक म्याक्रोटेक प्रालिको नाममा उनीहरुले ‘मेडिकल स्क्रिनिङ’मा नियम विपरीत शुल्क लिई श्रमिकलाई ठगी गरेका पाइएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology