Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

अजिरकोट गाउँपालिकामा व्यक्तिगत तथा व्यावसायिक प्यान दर्ता सेवा सुरु


287
Shares

अजिरकोट गाउँपालिकामा व्यक्तिगत तथा व्यावसायिक प्यान दर्ता सेवा सुरु

गोरखा २७ असोज — गोरखाको अजिरकोट गाउँपालिकामा व्यक्तिगत स्थायी लेखा नम्बर (PAN) तथा व्यावसायिक स्थायी लेखा नम्बर (बिजनेस प्यान) दर्ता सेवा औपचारिक रूपमा सुरु भएको छ। गाउँपालिकाले असोज २७ गतेदेखि उक्त सेवा सञ्चालनमा ल्याएको हो।

सेवा सुरु भएसँगै गाउँपालिकाका सेवाग्राहीले व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर दर्ताका लागि आवश्यक प्रक्रिया गाउँपालिकाबाटै अघि बढाउन सक्ने भएका छन्।

सेवाको शुभारम्भका अवसरमा गाउँपालिकामा कार्यरत कर्मचारी सोहन गुरुङलाई व्यक्तिगत स्थायी लेखा नम्बर (PAN) कार्ड प्रदान गरिएको छ।

उक्त सेवा सञ्चालनका लागि आवश्यक समन्वय, प्राविधिक सहयोग तथा सहजीकरण गरेको भन्दै गाउँपालिकाले आन्तरिक राजस्व कार्यालय, दमौलीप्रति धन्यवाद व्यक्त गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology