Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

खगेन्द्र सुनारले भने– ममाथि छानबिन होस्, सघाउन तयार छु


189
Shares

खगेन्द्र सुनारले भने– ममाथि छानबिन होस्, सघाउन तयार छु

काठमाडौं, २७ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपमाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउने बताउनुभएको छ । एक महिलालाई अश्लील गाली गर्दै धम्क्याएको र ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि सुनारले सो अभिव्यक्ति दनिुभएको हो ।

खगेन्द्र सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको अडियोसहितको समाचार जनआस्थाले सोमबार सार्वजनिक गरेको थियो । मंगलबार रास्वपा महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गरी खगेन्द्रलाई सार्वजनिक पदमा रहेर औपचारिक कार्यक्रममा संलग्न हुन रोक लगाउँदै छानबिन अघि बढाइएको जानकारी दिएका थिए ।

त्यस लगत्तै फेसबुकमा एक भिडियो अपलोड गर्दै सुनारले आफूमाथि लागेका आरोपमा छानबिनका लागि सघाउने बताएका हुन् । ‘म जनताको बीचमा उठेका प्रत्येक प्रश्नको जवाफ दिन तयार छु ।

म जनताको कठघरामा सार्वजनिक ठाउँमा जतिबेला पनि उभिन तयार छु,’ सांसद सुनारले भनेका छन्, ‘राज्यले गरेको पार्टीले गरेको सबै खालका छानबिनमा म सघाउन तयार छु । मैले केन्द्रीय समितिबाट पनि निलम्बित हुनुपर्छ भने म तयार छु । सांसदबाट निलम्बित हुन पनि म तयार छु ।’ उहाँ बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

उनले प्रहरी भित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफूलाई निरन्तर निशाना बनाइएको आरोप समेत लगाएका छन् । पार्टीको कामको सिलसिलामा दाङमा रहेका उहाँले भन्न्नुभएको छ, ‘मैले भगवानको आँखामा हुने कुनै पाप र कानुनको आँखामा हुने कुनै अपराध गरेको छु भने म अहिले यही दाङबाट हतकडी लाएर जानलाई मलाई कुनै पनि आपत्ति छैन ।’

उनले सार्वजनिक अडियो बनावटी भएको जिकिर समेत गरेका छन् । ‘अहिले सामाजिक सञ्जालमा अडियो र भिडियो भन्दै जे सार्वजनिक गरिएको छ, त्यसमा मेरो कुनै संलग्नता छैन । त्यो पात्र म होइन,’, ‘मैले त्यस्तो कुरा बोलेको वा त्यस्तो काम गरेको छैन । प्रविधि, कृत्रिम बुद्धिमत्ता ९एआई०, कसैलाई बोल्न लगाउने वा आवाजको नक्कल गर्ने जुनसुकै माध्यमबाट भए पनि मलाई फसाउने प्रपञ्च भइरहेको मेरो आशंका छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology