काठमाडौं, २६ असोज । नेपाल एलपी ग्यास उद्योग संघले ग्यास सिलिन्डर साटफेर गर्ने स्थान थपेको छ । दसैंका बेला उपभोक्ताको सहजताका लागि भन्दै आइतबार ६ वटा बिक्री केन्द्रबाट सुरु गरिएको ग्यास साटफेर केन्द्र आज सोमबारदेखि बढाएर ११ स्थानमा पुर्याइएको हो ।
नेपाल आयल निगम र ग्यास बिक्रेता महासंघसँगको समन्वयमा संघले यो व्यवस्था मिलाएको छ । संघका अनुसार सोमबारदेखि थपिएका नयाँ वितरण केन्द्रहरूमा बुढानीलकण्ठको चपली भानु ग्यास, ललितपुरको हरिसिद्धि नेपाल र एचपी ग्यास, कलंकी गीता ग्यास, खसीबजारस्थित आरके ट्रेडर्स सीताश्री ग्यास र सतुंगल श्रीमाया ग्यास रहेका छन् ।
यसअघि आइतबारदेखि नै ललितपुरको हरिसिद्धिमा श्रीराम, कलंकीमा साइबाबा र श्रीकृष्ण तथा सुकेधारामा बाबा र श्री ग्यास साटफेर भइरहेको छ ।
त्यसैगरी, बालाजु औद्योगिक क्षेत्र गेट अगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास०, पेप्सीकोला ९सगर ग्यास० र सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट एभरेस्ट र सुगम ग्यास लिन सकिने व्यवस्था मिलाइएको छ ।
यो साटफेर हुने समय पनि संघले एक दिन घटाएको छ । असोज ३० गतेसम्म मात्र पाइने र उपभोक्ताले हरेक दिन बिहान ११ बजेदेखि दिउँसो साढे ४ बजेसम्म तोकिएका केन्द्रहरूमा गएर ग्यास लिन सक्नेछन् ।
यसअघि संघले असोज ३१ गतेसम्म बिहान ९ स् ३० बजेदेखि सेवा दिने सूचना जारी गरे तापनि हाल उक्त समयतालिका परिमार्जन गरिएको हो । साथै, तोकिएका यी ११ वटा केन्द्रबाहेक अन्य खुद्रा पसल वा स्थानबाट भने फरक कम्पनीको सिलिन्डर साट्न नमिल्ने जानकारी गराइएको छ ।