गोरखा, २५ असोज । बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्न मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ । सडक डिजिभन कार्यालय हेटौँडाबाट बेलिब्रिजको सामान ल्याउने तयारी भइरहेको गोरखा सडक योजनाले जनाएको छ ।
कार्यालय प्रमुख विनोद पुनका अनुसार हेटौँडाबाट सामान ल्याउने तयारी भइरहेको छ, ‘सम्भवतस् भोलिसम्म सामान आउला, आएलगतै काम सुरु हुने छ ।
बेलिब्रिज निर्माणका लागि आजैबाट टोली फिल्डमा खटिसकेको नेपाली सेनाले जनाएको छ । सामान आए लगतै काम सुरु हुने रुद्रध्वज गणका गणपति विरोध रिजालले बताउनुभयो ।