Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

बुढीगण्डकी बाढी अपडेट : सल्लेरी बजार बगायो, जगत बजारमा पनि ठुलो क्षति


224
Shares

बुढीगण्डकी बाढी अपडेट : सल्लेरी बजार बगायो, जगत बजारमा पनि ठुलो क्षति

 

गोरखा २५ असोज ।  बुढीगण्डकी नदीमा आएको ठुलो बाढीले गोरखाको सल्लेरी बजार बगाएको छ । चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको आशंका गरिएको छ ।
नदीमा पानीको बहाव अत्यधिक बढेपछि नदी किनार तथा आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई तत्काल सुरक्षित तथा उच्च स्थानमा जान आग्रह गरिएको थियो ।
चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले आइतबार एकाबिहानै नदीमा ठुलो आवाजसहित पानीको बहाव बढेको जानकारी दिनुभयो । बाढी तल्लो तटीय क्षेत्रतिर गइरहेकाले उनले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नबस्न सबैलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology