Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

बुढीगण्डकीमा ठूलो बाढी, छेकम्पारमा पहिरो खसेर नदी थुनिएको आशंका


273
Shares

बुढीगण्डकीमा ठूलो बाढी, छेकम्पारमा पहिरो खसेर नदी थुनिएको आशंका

 

गोरखा,२५ असोज । बुढीगण्डकी नदीमा ठूलो बाढी आएको छ । गोरखाको चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको आशंका गरिएको छ ।

नदीमा पानीको बहाव अत्यधिक बढेपछि नदी किनार तथा आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई तत्काल सुरक्षित तथा उच्च स्थानमा जान आग्रह गरिएको छ ।

चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष उपाध्यक्ष लक्ष्मी गुरुङले आइतबार एकाबिहानै नदीमा ठुलो आवाजसहित पानीको बहाव बढेको जानकारी दिनुभयो । बाढी तल्लो तटीय क्षेत्रतिर गइरहेकाले उनले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नबस्न सबैलाई अनुरोध गरेका छन् । यसबारे थप विवरण आउने क्रमजारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology