Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

महाकाली नदीमा तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता


294
Shares

महाकाली नदीमा तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर,२४ असोज । महाकाली नदीमा झोलुङ्गे पुल बगाउँदा चुँडिएको नेपाल टेलिकमको तार पुनस् तान्ने क्रममा सशस्त्र प्रहरीका एक जना सहायक प्रहरी निरीक्षक असई बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सशस्त्र प्रहरी बलको देवीस्थान गुल्ममा कार्यरत सहायक प्रहरी निरीक्षक सागरराज थारु रहेका छन् । सशस्त्र प्रहरीले दिएको विवरणअनुसार, शनिबार दिउँसो १२स्१५ बजे दोधारा चाँदनी नगरपालिका–४ बाट भीमदत्त नगरपालिका–१३ तर्फ महाकाली नदीमा रबर बोटको सहायताले टेलिकमको तार वारपार तान्ने क्रममा घटना भएको हो ।

केही दिनअघि महाकाली नदीमा रहेको झोलुङ्गे पुल बगाउँदा नेपाल टेलिकमको तारसमेत चुडिएको थियो। तार चुडिएपछि दोधारा चाँदनी क्षेत्रमा नेपाल टेलिकमको फोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।

अवरुद्ध सञ्चार सेवा पुनस् सञ्चालन गर्ने उद्देश्यले नदीमा बगाएको तार रबर बोटको सहायताले वारपार तान्ने काम भइरहेको थियो । सोही क्रममा असई थारुको खुट्टामा तार अल्झिएको र उनी रबर बोटबाट महाकाली नदीमा खसेर बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ ।

घटनापछि बेपत्ता थारुको खोजी कार्य जारी रहेको छ । उनको अवस्था र खोजी कार्यको पछिल्लो प्रगतिबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology