Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

पृथ्वी राजमार्गअन्तर्गत गलौदी सडक सञ्चालनमा ल्याउन आज दिनभर लाग्ने


259
Shares

पृथ्वी राजमार्गअन्तर्गत गलौदी सडक सञ्चालनमा ल्याउन आज दिनभर लाग्ने

काठमाडौं, २४ असोज । पृथ्वी राजमार्गअन्तर्गत पर्ने धादिङको गजुरी गाउँपालिका–५ गलौदी सडकखण्ड शनिबार अपराह्नपछि सञ्‍चालनमा आउने सम्भावना देखिएको छ ।

त्रिशूली नदीको कटानमा परी भाँसिएको सडक अवस्था सामान्य रहे अपरान्हदेखि सुचारु हुने सडक विभागले जनाएको छ । ‘स्थानीय निकायसँग छलफल भई ‘ब्याक कटिङ’को कार्य सुरु गरिएको छ,’ सडक विभागले सामाजिक सञ्जाल फेसकुबमार्फत सूचना जारी गर्दै भनेको छ, ‘सम्पूर्ण अवस्था सामान्य रहे करिब ८ घन्टा अपरान्ह ४ बजेमा यातायात सुचारू हुनेछ ।’

सूचनामा यसअघि स्थानीय निकायबाट अवरोध भएका कारण ‘ब्याक कटिङ’को काममा सुरू गर्न नसकिएको पनि उल्लेख छ । पृथ्वी राजमार्गको गलौदी गजुरी नजिक काठमाडौंतर्फमा सडक भासिएकोले पृथ्वी राजमार्ग अबरुद्ध भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology