Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

पृथ्वी राजमार्ग : सडक खुलाउन अझै ८ घण्टा लाग्ने अनुमान


266
Shares

पृथ्वी राजमार्ग : सडक खुलाउन अझै ८ घण्टा लाग्ने अनुमान

काठमाडौ, २४ असोज । त्रिशूली नदीको कटानका कारण धादिङको गलौदीमा पृथ्वी राजमार्गको सडक भासिएपछि यातायात अवरुद्ध भएको छ। गजुरी नजिक काठमाडौं जानेतर्फको सडक भासिएको सडक विभागले जनाएको छ।

विभागका अनुसार गलौदीमा त्रिशूली नदीले सडकतर्फ कटान गर्दा सडक भासिएको हो। सडकको भित्रीपट्टि स्थानीय सडक रहेकाले त्यसलाई काटेर सडक फराकिलो बनाउने ९ब्याक कटिङ० काम सुरु गर्न समस्या भएको थियो।

स्थानीय निकायसँग छलफलपछि अहिले ब्याक कटिङको काम सुरु गरिएको विभागले जनाएको छ।

सबै अवस्था सामान्य रहेमा सडक खोल्न करिब ८ घण्टा लाग्ने अनुमान गरिएको छ। सडक खुलाउन काम सुरु भए पनि यातायात सञ्चालनमा आउन अझै ७ देखि ८ घण्टा लाग्न सक्ने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology