Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

माटोको ढिस्कोले पुरिएर गोरखाका एकसहित २ जनाको मृत्यु


147
Shares

माटोको ढिस्कोले पुरिएर गोरखाका एकसहित २ जनाको मृत्यु

२२ असोज । माटोको ढिस्कोले पुरिएर गोरखाका एकजनासहित २ जनाको मृत्यु भएको छ । पोखरा–१८, अँध्यारोकुना, चिसापानीमा घरको जग्गा खन्ने क्रममा बिहीबार दिउँसो माटोको ढिस्कोले पुरिएर दुई जना मजदुरको ज्यान गएको हो। मृत्यु हुनेमा गोरखाको पालुङटार नगरपालिका–७, पालुङटारका ३७ वर्षीय राजु कुमाल र पर्वत जिल्ला महाशिला गाउँपालिका–६, फलामखानीका २९ वर्षीय विक्रम सुनार रहेका छन् ।

करिब ७ फिट गहिरो खाल्डोमा काम गरिरहेका उनीहरुलाई एक्कासी माटोको ढिस्कोले पुरेर घाइते बनाएपछि मणिपाल शिक्षण अस्पताल लगिएको थियो। तीमध्ये सुनारको उपचारकै क्रममा बिहीबार साँझ ५ बजेर ४ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

अर्का कुमालको साँझ साढे ६ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनापछि वडा प्रहरी कार्यालय बगर र सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण, मालेपाटनबाट खटिएको टोली र स्थानीयको संयुक्त प्रयासमा माटो पन्छाएर दुवै जनाको उद्धार गरिएको थियो। समाचार कमेन्टमा

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology