Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारीको पदबहाली


231
Shares

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारीको पदबहाली

काठमाडौं, २२ असोज । एमालेका वरिष्ठ नेताको जिम्मेवारीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नियुक्त हुनुभएको छ । पार्टीको स्थायी कमिटी बैठकका क्रममा बिहीबार अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

यस शपथसँगै पूर्वराष्ट्रपति भण्डारीको औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन भएको छ । भण्डारी यसअघि राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग हुनुभएको थियो ।

उहाँको कार्यकाल सकिएपछि राजनीतिक वृत्तमा आगामी भुमिकाबारे चर्चा हुँदै आएको थियो । अन्ततः एमालेको उच्च तहमा उहाँको जिम्मेवारी तोकिएसँगै पार्टीभित्रको शक्ति समीकरणमा समेत यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology