Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

कोरोनाको बारेमा अध्ययन गरिरहेका चिनियाँ नागरिकको अमेरिकामा गोली हानी हत्या


1.3K
Shares

कोरोनाको बारेमा अध्ययन गरिरहेका चिनियाँ नागरिकको अमेरिकामा गोली हानी हत्या

एजेन्सी २५, बैशाख । कोरोना भाइरसको विषयमा अनुसन्धान गरिरहेका एक जना अध्ययनकर्ताको गोली हानी हत्या गरिएको छ । ३७ वर्षका बिङ्ग ली नामक चीनियाँ नागरिकको अमेरिकामै गोली हानी हत्या गरिएको हो ।

ली अमेरिकाको यूनिभर्सिटी अफ पीट्सबर्गको स्कूल अफ मेडिसीन विभागमा प्राध्यापक थिए । उनीसँगै काम गर्ने अध्ययनकर्ताहरुका अनुसार ली कोविड–१९ को विषयमा निकै महत्वपूर्ण अध्ययन गरिरहेको र नतिजाको नजिक पुगेको बताएका छन् ।

स्थानीय प्रहरीका अनुसार पिट्सबर्गमा लीको टाउको, घाँटी, पेट, हात र खुटामा गोली प्रहार गरिएको छ । लीको हत्या किन गरियो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको बीबीसीले लेखेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology