Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

एआईजी वंशीसँग कनेक्सन देखिएका सापकोटा प्रहरी हिरासतमा


385
Shares

एआईजी वंशीसँग कनेक्सन देखिएका सापकोटा प्रहरी हिरासतमा

 

काठमाडौं, २० असोज । गोप्य र संवेदनशील सूचनाहरू चुहाएको आरोपमा निलम्बन गरेर छानबिन सुरु गरिएका सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहालसँग कनेक्सन देखिएका इनम सापकोटा प्रहरी हिरासतमै रहेको खुलेको छ ।

उहाँ अहिले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा रहेको पाइएको छ । परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाले सापकोटा हिरासतमै रहेको पुष्टि गर्नुभयो । ‘उहाँ हाम्रो हिरासतमा हुनुहुन्छ । विगत ३र४ दिनदेखि अनुसन्धान भइरहेको छ,’ प्रवक्ता थापाले भन्नुभयो ।

उहाँका अनुसार उनीमाथि अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । अभद्र म्याद लिएर अनुसन्धान गरे पनि उहाँको कसुर भने अभद्र व्यवहारको नभई सूचनासँग सम्बन्धीत रहेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology