काठमाण्डौं २५, बैशाख – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २० स्थायी कमिटी सदस्यले छुट्टै बैठक गरेर पार्टी नेतृत्वलाई एजेण्डामा सुझाव दिएका छन् । नेकपाको स्थायी कमिटी बैठक आजका लागि तय भएको थियो ।
तर एजेण्डा नभएको लगायतका कारण देखाएर स्थगित गरिएको थियो । लिखित रुपमै बैठक माग गर्ने २० स्थायी कमिटी सदस्यले आज पार्टीे कार्यालय धुम्बाराही पुगेर छलफल गरेका छन् ।
स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बैठकमा के कस्ता एजेण्डा हुने भन्ने बारे आफूहरुले छलफल गरेको बताउनुभयो । अर्का स्थायी कमिटी सदस्य रघुजी पन्तले पनि तत्काल बैठक राख्नुपर्नेमा आफूहरु एकमत रहेको जानकारी दिनुभयो ।