Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

जिल्ला अस्पतालमा कार्यरत अहेव बोगटी शौचालयमा मृत फेला


833
Shares

जिल्ला अस्पतालमा कार्यरत अहेव बोगटी शौचालयमा मृत फेला

 

डोटी, १४ असोज । जिल्ला अस्पताल डोटीमा कार्यरत अहेव प्रेमबहादुर बोगटी मृत फेला परेका छन् । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–६ पलाडी घर भई हाल जिल्ला अस्पताल डोटीमा कार्यरत ३४ वर्षीय बोगटी बुधबार अस्पतालकै शौचालयमा बेहोस अवस्थामा फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक सागर बोहराले दिएको जानकारी अनुसार आज बिहान करिब १०ः३५ बजे अस्पतालमा कार्यरत कर्मचारीले उनलाई शौचालयमा बेहोस अवस्थामा फेला पारेका थिए ।

तत्काल उपचारका लागि उनलाई अस्पतालको इमर्जेन्सी कक्षमा लगिएको थियो । चिकित्सकले चेकजाँच गर्ने क्रममा बिहान १०ः५५ बजे बोगटीलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उहाँ बिहान अस्पतालको इमर्जेन्सी फाँटमा ड्युटीमै हुनुहुन्थ्यो। बिहान डेढ घण्टा ड्युटी गरेर शौचालय जाननुभएको उहाँ लामो समय फिर्ता नआएपछि कर्मचारीले खोज्दा उनी शौचालयमा बेहोस अवस्थामा फेला परेका प्रहरी जनाएको छ।

बोगटी झण्डै ६ वर्षदेखि जिल्ला अस्पतालमा कार्यरत रहेको र उनी प्रेसरको औषधि सेवन गर्दै आएका बुझिएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवीन काफ्लेले जानकारी दिनुभयो । घटनाको थप विवरण तथा मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology