काठमाडौं, १४ असोज । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा स्थानीय तहको चुनाव केन्द्रित अभियान लिएर यही असोज २० गतेदेखि प्रत्येक पालिका पुग्ने भएको छ ।
संघीय संसद्को चालु अधिवेशन अन्त्य भएपछि प्रतिनिधिसभा सदस्य र पार्टी केन्द्रीय सदस्यहरूको टोली पालिका जान लागेको हो । रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार यसपटक रास्वपाले नागरिकका कुरा सुन्न मात्र होइन पार्टीको कुरा पनि सुनाउन खोजेको छ ।
‘हामी तपाईंका कुरा सुन्न मात्रै होइन यसपटक हाम्रा केही कुरा भन्न र बुझाउन पनि तपाईंको घर दैलोमा आउँदैछौं,’ भिडियो सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, ‘सम्पूर्ण केन्द्रीय सदस्य र सांसदहरु तपाईंको पालिकामा आउँदैछौं ।’