Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

तीन वटा क्रेन लगाएर निकाल्न थालियो नारायणी पुलमा अड्किएको क्रुजसिप


413
Shares

तीन वटा क्रेन लगाएर निकाल्न थालियो नारायणी पुलमा अड्किएको क्रुजसिप

 

काठमाडौं, १२ असोज । नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई तीन वटा क्रेनको सहायताले निकाल्न थालिएको छ ।
सकभर क्रुजलाई क्रेन लगाएर किनारामा लैजाने प्रयास गरिएको प्रशासनले जनाएको छ ।

तीनवटा क्रेनको सहायताले तानेर क्रुजलाई गैंडाकोटतर्फको भागमा नै लैजाने प्रयास गरिएको हो । हिजो साँझ नदीमा आएको भीषण बाढीले क्रुजलाई होटल रिभर क्राउन अगाडिबाट बगाएर पुलमा लगेको थियो । पुलको गैडाकोटतर्फको भागको पिलरमा क्रुज अड्किएको थियो ।

तीन तले क्रुज पुलको पिलरमा अड्किदा पुल नै भत्कने सक्ने जोखिम बढेको थियो । राइनोज क्रुजसिपलाई रुखमा टुचिन लगाएर बाँधेको तर ठूलो बाढीले टुचिन नै चुडाएको कम्पनीको दाबी छ ।

क्रुजसिप राखिएको ठाँउमा दुईबाट रुखहरू आएर अड्किएर ठेल्दा टुचिन चुँडिएका थिए । २० एमएमका दुईवटा टुचिन अर्न्तराष्ट्रिय मापदण्ड अनुसार नै बाँधिएको कम्पनीको दाबी छ ।

क्रुजको तौल ७० टनभन्दा बढी छ । तर, तौरिरहेको अवस्थामा तौल निकै कम हुने कम्पनीको भनाइ छ । डेढ बर्ष अगाडि मात्रै क्रुजलाई नारायणी पुलभन्दा माथि ल्याइएको थियो ।

क्रुज १०० फिट लम्बाइ र २५ फिट चौडाइको क्रुजमा एकैपटकमा १८० जनासम्म यात्रु अटाउन सक्ने क्षमता थियो । झण्डै १५ करोडको लगानीमा बनेको क्रुज नेपाल कै पहिलो क्रुज हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology