Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

एसएसपी खड्कालाई मानव अधिकार आयोगले सोधपुछका लागि बोलायो


378
Shares

एसएसपी खड्कालाई मानव अधिकार आयोगले सोधपुछका लागि बोलायो

 

काठमाडौं, १२ असोज । राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गर्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई सोधपुछ गर्न डाकेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा। टिकाराम पोखरेलले प्रहरी प्रधान कार्यालयमार्फत खड्कालाई मंगलबार आयोगमा डाकिएको जानकारी दिनुभयो ।

‘आइतबार पूर्वप्रधानन्यायाधीश पक्राउ परेको र त्यसपछि आयोगको टोलीले अनुगमन गर्न नपाएको विषयमा छलफलका लागि उहाँलाई डाकिएको हो,’ उहाँले भन्नुभयो ।

मानव अधिकार आयोगले आइतबार टेकुस्थित कार्यालयमा पुगेर जबरा पक्राउको अनुगमन गर्न खोजेको थियो । तर, प्रहरीले करिब १ घण्टा कुराएर गेटबाटै आयोगको टोलीलाई फर्काइएको दियो । यसबारे आयोगले आइतबार नै विज्ञप्तिमार्फत आपत्ति जनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology