Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

हिमलुङ हिमपहिरो : थप दुईजनाको शव भेटियो, मृतकको संख्या ४ पुग्यो


336
Shares

हिमलुङ हिमपहिरो : थप दुईजनाको शव भेटियो, मृतकको संख्या ४ पुग्यो

काठमाडौं, १३ असाोज । मनाङ नार्पाभूमि गाउँपालिका(५ स्थित हिम्लुङ बेस क्याम्पमा हिमपहिरोमा परी सम्पर्कविहीन भएका १२ जनामध्ये थप दुईजनाको शव फेला परेको छ ।

दुवै शवको नामथर तथा वतन हालसम्म खुल्न सकेको छैन । सोमबार बिहान ११स्०० बजे कैलाश हेलिकप्टरमार्फत हिम्लुङ बेस क्याम्पबाट उनीहरूको शव उद्धार गरी प्रदेश अस्पताल चामे,मनाङमा राखिएको मनाङ प्रहरीले जनाएको छ। यससँगै मृत्यु हुनेको संख्या चार पुगेको छ।

विभिन्न ट्रेकिङ एजेन्सीमार्फत हिम्लुङ बेस क्याम्प स्थापना गर्न गएका २२ जना नेपाली नागरिकमध्ये १० जना सकुशल भेटिएका छन्। बाँकी १२ जना सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीनमध्ये यसअघि दुईजनाको शव उद्धार गरी प्रदेश अस्पताल चामे,मनाङमा ल्याइएकोमा कैलाश हेलिकप्टरमार्फत काठमाडौंस्थित टिचिङ अस्पताल ल्याइएको हो ।

हिमपहिरोमा परी मृत्यु भएका संखुवासभा भोटखोला गाउँपालिका(३ का ५२ वर्षीय छेबि भोटे र सोही गाउँपालिका २ का ३१ वर्षीय पासाङ भोटेको शव पोस्टमार्टमका लागि काठमाडौं ल्याएको हो ।

हिम्लुङ बेस क्याम्प जिल्ला प्रहरी कार्यालय मनाङबाट पैदल करिब ३ दिन उत्तरतर्फ पर्ने स्थानमा रहेको छ । बाँकी सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology