काठमाडौँ, ११ असोज । देशभर पछिल्लो २४ घण्टामा भएका विभिन्न सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ८० जना घाइते भएका हुनुभएको छ ।
शनिबार बेलुकी १० बजेसम्मको विवरण अनुसार काठमाडौँ उपत्यकामा एक जनाको मृत्यु भएको छ र २५ जना घाइते हुनुभएको छ । लुम्बिनी प्रदेशमा पनि एक जनाको मृत्यु भएको छ भने सात जना घाइते हुनुभएको छ ।
कर्णाली प्रदेशमा ९ जना , गण्डकी प्रदेशमा ९ जना, बागमती प्रदेशमा ४ , कोशी प्रदेशमा १५ जना घाइते, मधेश प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा ४ जना घाइते हुनुभएको छ ।