Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

मुगुको खत्याडमा आगलागी, रातिको आगो बिहान नियन्त्रणमा


399
Shares

मुगुको खत्याडमा आगलागी, रातिको आगो बिहान नियन्त्रणमा

काठमाडौ, १० असोज । मुगुको खत्याड गाउँपालिका–२ स्थित सेरी गाउँमा गएराति भएको आगलागीबाट स्थानीय शिपचन्द्र बूढाको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

स्थानीयवासी प्रज्वल पाराखीका अनुसार राति पौने १२ बजे बूढाको घरमा अचानक आगलागी भएको थियो। उक्त आगो आज बिहान ९ बजे मात्रै पूर्ण रूपमा नियन्त्रणमा आएको उहाँले जानकारी दिनुभयो ।

श्रीकोट प्रहरी चौकीका सुरक्षाकर्मी, वडाध्यक्ष तथा स्थानीयवासीको रातभरको प्रयासपछि आगो नियन्त्रणमा लिइएको पाराखीले बताए। रातको समयमा अचानक आगलागी भएकाले घरभित्र रहेका कुनै पनि सामान सुरक्षित रूपमा बाहिर निकाल्न नसकिएको उहाँले बताउनुभयो ।

आगलागीबाट लत्ताकपडा, अन्नपात, भाँडाकुँडा तथा महत्वपूर्ण कागजातलगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । आगलागीबाट पीडित परिवारको ठूलो आर्थिक क्षति भएको छ भने उनीहरू अहिले बिचल्लीमा परेका छन् ।

आगलागीबाट भएको क्षतिको मूल्याङ्कन हुन बाँकी रहेको प्रहरीले जनाएको छ। यसबीच, विपत्तिमा परेका परिवारलाई तत्काल आवश्यक खाद्यान्न, लत्ताकपडा तथा अस्थायी आवासका लागि राहत सामग्री उपलब्ध गराउन स्थानीयवासीले सम्बन्धित सरकारी निकाय, जनप्रतिनिधि, रेडक्रस तथा सहयोगी मनहरूसँग आग्रह गरेका छन् ।

खत्याड गाउँपालिका सदरमुकाम गमगढीबाट करिब सात घण्टाको पैदल यात्रामा पुगिन्छ । भौगोलिक विकटताका कारण घटनास्थलमा तत्काल उद्धार तथा राहत व्यवस्थापनमा समेत चुनौती उत्पन्न भएको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology