Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

मनास्लु हिमाल आरोहणका क्रममा एक विदेशी पर्यटकको मृत्यु


805
Shares

मनास्लु हिमाल आरोहणका क्रममा एक विदेशी पर्यटकको मृत्यु

गोरखा, १ असोज  : मनास्लु हिमाल आरोणका क्रममा एक विदेशी पर्यटकको मृत्यु भएको छ । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँमा मनास्लु हिमाल आरोहणका क्रममा सिंगापुरका नागरिक लाउ वी सेङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । मृतक ५० बर्षीया सेङको पासर्पोट नम्बर  K5018212K रहेको प्रहरी जनाएको छ ।

उनि पर्यटन विभाग, काठमाण्डौबाट अनुमति लिएर लाईट के एक्पेन्डिसन प्रा.लिमार्फत मनास्लु हिमाल आरोहरणका लागि गएका थिए । सेङ क्याम्प २ बाट बेस क्याम्पतर्फ फर्किने क्रममा पदमार्गमा हिँड्न नसकेर बसेका थिए।

बसेकै स्थानमा विहिबार  बिहान  ६स्०० बजेतिर उनको मृत्यु भएको हो।  घटनास्थल प्रहरी चौकी सामागाउँबाट अनुमानित १५ किलोमिटर पश्चिम पर्छ। लाईट के एक्पेन्डिसन प्रा.लिमार्फत सेङसंलग्न आरोहण टोलीमा १५ जनाको समूहमा सामेल थिए।

भदौँ १७ गते सिङ्गापुरबाट काठमाडौँ आएका उनि भदौँ २४ गते मनास्लु बेस क्याम्पमा पुगेका थिए। घटनापछि शव उद्धारका लागि प्रहरीले सम्बन्धित ट्रेकिङ एजेन्सीसँग समन्वय गरिरहेको प्रहरीको भनाई छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology