गोरखा २० भदौँ । उत्तरी गोरखाको मनास्लु बेस क्याम्पमा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । पाइनर एडभेन्चर कम्पनी लिमिटेडमार्फत बेसक्याम्पमा पोर्टर तथा किचनको काम गर्दै आएका संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर २ स्थायी घर भएका अन्दाजी २० वर्षका टासी शेर्पा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
भदौ १९ गते बिहान ९ः३० बजेको समयमा जिल्लाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ मनास्लु बेस क्याम्प उनि मृत भेटिएका हुन् । शेर्पा भदौ १८ गते सामागाउँबाट मनास्लु बेस क्याम्पका लागि गएका थिए। बेस क्याम्प पुगेर राति सुतेका शेर्पा १९ गते बिहान उठाउने क्रममा मृत अवस्थामा भेटिएका थिए।
एभरेष्ट एयरका कर्मचारी निमा लामामार्फत घटनाको जानकारी हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको छ। मृतकको शव आज पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।