गोरखा, १४ भदौ । भोटेकोशी नदीमा आएको बाढीले ल्याएका शवका टुक्राहरु ब्यवस्थापन गरिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एव सूचना अधिकारी राज कुमार श्रेष्ठका अनुसार शनिबार राती २९ वटा शवका टुक्राहरु जमिन मुनी गाडिएको हो ।
बाढीले गोरखाको गण्डकी र शहिदलखन गाउँपालिकाको त्रिशुल नदी किनारका विभिन्न स्थानमा फेला परेका शरिरका विभिन्न भागका टुक्राहरु ब्यवस्थापन पहिचान गर्न नसिकने अवस्थाका र सडिगली गएका शवका टुक्राहरु गाडीएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । शहिदलखन गाउँपालिका(९ को बुंकोट घाँटमा ति टुक्राहरु जमिन मुनी गाडिएको हो ।
खोज तलासका क्रममा हिजो शनिबार साँझसम्म ५८ शव फेला परेको थियो । जसमध्य ११ सगला शव पोखरा पठाएको छ भने १८ वटा शव गोरखा सदरमुकामको प्रदेश अस्पताल गोरखामा १४ र निजी अस्पताल एनपिआईमा ४ शव राखिएको गोरखा प्रहरीले जनाएको छ ।