गोरखा, ११ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या १७७ पुगेको छ । अहिलेसम्म १७७ जनाको शव भेटिएको नेपाल प्रहरीले जनाएको हो ।
अहिलेसम्म चितवनको नदी तटीय क्षेत्रमा सबैभन्दा धेरै शव भेटिएको छ । चितवनमा ५२ जनाको शव फेला परेको छ । बागमती प्रदेशका सबै जिल्लाहरूमा हालसम्म १०६ जनाको शव भेटिएको छ ।
गण्डकी प्रदेशमा पर्ने गोरखा, तनहुँ र पूर्वी नवलपरासीका नदी तटमा भेटिएको शवहरु निकाले काम भइरहेको छ । गोरखाको नदी तटमा हिजो मात्रै २० जनाको शव फेला परेको थियो ।
आज पनि गोरखाको त्रिशुली नदी तटमा बिहानैदेखी खोजी कार्य जारी रहेको गोरखा प्रहरीले जनाएको छ । बाढीको केन्द्रबिन्दु रहेको रसुवामा १६ जना मृत फेला परेका छन् । नुवाकोटमा १७ जना धादिङमा २१ जना मृत भेटिएको छ ।