Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगलागी


728
Shares

हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगलागी

 

हुम्ला, ८ भदौ । हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा मध्यराति आगलागी भएको छ। प्रहरीका अनुसार राति करिब पौने दुई बजेको समयमा अचानक आगलागी भएको हो ।

आगलागी लगत्तै स्थानीयवासी र प्रहरी प्रशासनको टोली खटिएर आगो नियन्त्रणमा लिएका थिए । स्थानीय व्यवसायी नरवीर थापाका अनुसार गाउँपालिकाका कर्मचारीहरू बस्ने घर नजिकै रहेकाले प्रहरी र स्थानीयको तत्परतामा आगो छिट्टै नियन्त्रणमा आएको हो । आगो नियन्त्रणमा आए पनि कार्यालयमा ठूलो क्षति पुगेको छ ।

प्रशासन तथा जिन्सी शाखा प्रमुख विष्णुलाल सार्कीका अनुसार विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट अत्यावश्यक कागजात राखिएको जिन्सी शाखा, लेखा शाखा र न्यायिक समितिको सचिवालयका अधिकांश श्रेष्ठाहरू जलेर पूर्ण रूपमा नष्ट भएका छन् । जिन्सी शाखामा राखिएका ब्याट्रीहरू पड्किँदा थप क्षति पुगेको बताइएको छ । साथै, भवनमा जडान गरिएका विद्युतीय वाइरिङ र बल्बहरू पनि जलेका छन् ।

गत वर्ष मात्र उद्घाटन गरिएको यो प्रशासनिक भवनलाई जिल्लाकै नमुना भवनको रूपमा लिइन्थ्यो। भवनको तल्लो तलामा जिन्सी लगायतका शाखाहरू र माथिल्लो तलामा अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष रहेका थिए। आगलागीको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology