Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु


581
Shares

गोरखामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु
गोरखा ७ भदौँ :  गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङग्रे खोलामा  शनिबार पौडी खेल्ने क्रममा खोलाले बगाएर अचेत भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्ला चितवन, इच्छाकामना गाउँपालिका–४ गैरीगाउँ बस्ने अन्दाजी ३५ देखि ४० वर्षीय गगन वि.क. रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार २०८३ शनिबार दिउँसो २ः३० बजे वि.क. साथीहरूसँग शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङग्रे खोलामा पौडी खेल्ने क्रममा उनलाई अचानक खोलाले बगाएको थियो।
खोलाले बगाएपछि उनीसँगै पौडी खेलिरहेका साथीहरूले तत्काल उद्धार गरी नदीबाहिर निकालेका थिए। उद्धार गर्दा उहाँको अवस्था गम्भीर रहेको र उनी बोल्न नसक्ने तथा अचेत अवस्थामा रहेको जानकारी प्रहरीलाई दिइएको थियो।
घटना लगत्तै प्रहरी चौकी कुरिनटार, गोरखाबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोली घटनास्थलमा पुगेपछि स्थानीयवासी र प्रहरीको सहयोगमा घाइते बिकलाई उपचारका लागि अस्पताल लैजाने तयारी गरिएको थियो।
बिकलाई एम्बुलेन्समार्फत उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको थियो।उनको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर रहेको र उपचारका क्रममा साँझ ५ः५५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनापछि मृतकको शव हाल प्रदेश अस्पताल गोरखामै राखिएको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक प्रक्रिया तथा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology