काठमाडौँ, ३१ साउन । रातभर अवरुद्ध पृथ्वीराजमार्गको मुग्लिन–काठमाडौं खण्ड सञ्चालनमा आएको छ । राति साढे १० बजे चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित गएको पहिरोपछि अवरुद्ध सडक बिहान सवा ६ बजेपछि सञ्चालनमा आएको हो ।
पहिरोले अवरुद्ध सडक पन्छाउन धेरैवटा उपकरण प्रयोग गरिएको प्रहरीले जनाएको छ ।